तातो घाममा सडकमा खटिएका सुरक्षाकर्मीलाई पानीको बोतल...

santosh

 

काठमाडौं । विश्वमा फैलिइरहेको कोरोना भाइरसका कारण नेपालले पनि विगत ४० दिनदेखि लकडाउन भोगिरहेको छ । उपत्यकामा लकडाउनका कारण हालसम्म सार्वजनिक सवारी साधन चलेका छैनन्, पसलहरु खुलेका छैनन् । यसैक्रममा राजधानीको तातो घाममा आम जनतालाई सुरक्षा दिनका लागि खटिएका सुरक्षाकर्मीको पीडा कसले बुझ्ने ? आफूहरु हिँड्दाखेरि सुरक्षाकर्मीले भोगेको पीडालाई थोरै भए पनि यी ५ युवाहरुले बुझेका छन् ।

सडकमा घाम, पानी, धुलो, बादल नभनी खटिएका सुरक्षाकर्मीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने अभिप्रायःले खानेपानीको बोतल उपलब्ध गराइएको सन्तोष न्यौपानेले बताए । जनताको सेवामा आफ्नो ज्यानको परवाह नगरी सडकमा खटिएका सुरक्षाकर्मीको तिर्खा मेटाउने व्यक्तिगत रुपमै भए पनि सानो पहल गरिएको न्यौपानेले बताए ।

santosh_1

उनीहरुले शनिबारको दिन राजधानीका विभिन्नस्थानमा सुरक्षाकर्मी र सडक निर्माणमा खटिएका मजदुरलाई गरेर ६ सय बोतलभन्दा बढी पानी वितरण गरेको अभियानका अर्का सदस्य नारायण पन्थीले बताए ।

राजधानीमा विभिन्न व्यवसाय गर्दै आएका नारायण पन्थी, वीरेन्द्र पाण्डे, भिमबहादुर थापा र सविन खड्कालगायत आफूले आमजनताको सुरक्षाका लागि सडकमा खटिएका सुरक्षाकर्मीको आवश्यकतालाई महसुस गर्दै आफ्नो तर्फबाट सानो भए पनि सहयोग गरेको न्यौपानेले बताए ।

santosh_2

प्रतिक्रिया

सम्बन्धित