सवारी चाप बढेपछि उपत्यकामा थप सतर्कता

Kathmandu lock
काठमाडौं ।

कोरोना भाइरस (कोभिड–१९) का कारण बन्दाबन्दी लम्बिएसँंगै काठमाडौं उपत्यकामा सवारी आवागमनको चाप दिन प्रतिदिन बढ्न थालेको छ । यसले बन्दाबन्दी कार्यान्वयनमा चुनौती थपेको छ ।

महानगरीय प्रहरी, ट्राफिक प्रहरी र स्थानीय प्रशासन कार्यालयले बन्दाबन्दी खुकुलो बनाउने रणनीति अनुरूप कोरोना सङ्क्रमण नियन्त्रण सम्बन्धी स्वास्थ्य सतर्कता र सुरक्षा तयारीका सम्बन्धमा छलफल सुरु गरेको छ ।

उपत्यकामा कोरोना सङ्क्रमण भित्रिन नदिन काठमाडौं ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यका प्रवेश गर्ने नाकामा सुरक्षा निगरानी उच्च राख्नुका साथै सवारी चाप आपसी समन्वयका आधारमा व्यवस्थित गर्ने तयारी गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं जिल्लामा उच्च सतर्कता अपनाइएको बताए । प्रजिअ दाहाल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालको संयुक्त सुरक्षा टोलीले काठमाडौं जिल्लाका विभिन्न क्षेत्रमा स्थलगत अवलोकनसमेत गरेको छ ।
गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित