प्रधानमन्त्री आज बालुवाटारमा सर्दै ,आजै अपहेलना मुद्दाको फैसला

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुवाटारमा सर्दैछन् । आजै सर्वोच्च अदालतको अवहेलना गरेको भनी परेको मुद्दाको फैसला पनि सोमबार नै हुँदैछ ।नेपाली काँग्रेस र काँग्रेसका सभापति  देउवालाई विपक्षी वनाई दायर अदालतको अवहेलना मुद्दाको अन्तिम फैसलाको लागि सोमबार पेशी तोकिएको हो ।

 यसअघि यो मुद्दामा सर्बोच्च अदालतले चैत्र २४ गते विपक्षीको नाममा कारण देखाउ आदेश दिएको थियो । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आदेशले कार्यपालिकाको अधिकारमा हस्तक्षेप गरेको भन्दै उक्त निर्णय शक्तिपृथकिकरणको मान्यताविपरित भएको भन्ने नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले निर्णय गरेको थियो । त्यसैगरी, काँग्रेस सभापति देउवाले १८ चैतमा विराटनगरमा ‘आइजिपी नियुक्त गर्ने काम सरकारको हो, हेर्दैै जाउँ के हुन्छ’ भनी अदालतले गरेको निर्णयउपर चुनौती दिएर बोलेको विषयलाई अवहेलनाको विषय बनाइएको छ ।

 सरकारमै रहेको देउवाको निर्णय र अभिव्यक्तिले अदालतको फैसला कार्यन्वयनमा शंका उत्पन्न भएको साथै आदालतको औपचारिक र अनौपचारिक टिप्पणीले अदालतको सामाजिक प्रतिष्ठामा आँच आएको र जनमानसमा अदातलको कार्य र अदालतप्रतिको विश्वसनियता कमजोर बनाएको भन्दै अधिवक्ता हरिप्रसाद मैनालीले चैत २० गते उक्त निवेदन दर्ता गरेका थिए ।

 चैत २४ गते कारण देखाउ आदेश जारी गर्दै अदालतले ‘विपक्षीलाई १० दिन भित्रमा किन के कारण उक्त प्रकारका अभिब्यक्ति दिएको हो र निर्णय गरेको हो सो खुलाई लिखित जवाफ पेश गर्न’ भनेको थियो । प्रतिउत्तर पेस भएपश्चात अब अन्तिम फैसलाको लागि सर्बोच्च अदालतले पेशी तोकेको हो । अदालतको अवहेलना मुद्दा दायर भएपश्चात एकल इजलासमा सुनुवाई गरी अवहेलना मुद्दा अपराध र देवानी दुबै प्रकृतिको हुन सक्ने हुँदा पहिलो पेसीबाट अदालतले मुद्दाको अवस्था निर्धारण गर्ने र प्रकृया अघि बढाउने हुन्छ । अवहेलना मुद्दामा विपक्षी अभियुक्तलाई नियन्त्रणमा लिई थुनामा राखी बयान प्रकृया वा लगायतको कार्यविधि अदालतले अघि वढाउन सक्दछ । अवहेलना ठहरेमा देउवालाई १ वर्षसम्म कैद, एक लाख रुपयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित