पेस्तोलसहित कैलालीमा ३ जना पक्राउ

Pestol arrest

कैलाली ।
धनगढीमा प्रहरीले पेस्तोलसहित तीन जना पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ देवरीया वन क्षेत्रमा लुकाएर राखिएको एक थान कटुवा पेस्तोलसहित उनीहरुलाइ नियन्त्रणमा लिइएको हो ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का २१ वर्षीय अविनाश थापा, सोही ठाउँका २० वर्षीय नब्बु नामले चिनिने नवराज बराइली र बिनोद कुंवरलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित