विपत्तिमा विश्वविजेताः अमेरिकामा संक्रमित १२ लाख नाघे, करिब ७० हजारको मृत्यु

us_1

काठमाडौं । अमेरिकामा संक्रमितको संख्या १२ लाख नाघेको छ । त्यस्तै मृत्यु हुनेको संख्या पनि ७० हजारको हाराहारीमा पुगेको छ ।

पछिल्लो २४ घन्टामा २७ हजार ४ सय २७ जना मानिसलाई संक्रमण देखिएसँगै हालसम्म विश्वकै एक तिहाई संख्यामा अमेरिकामा संक्रमित संख्या देखिएको हो । अमेरिकामा १२ लाख ११ हजार ५ सय ४९ जनालाई कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ ।

त्यस्तै हालसम्म २ लाख ५१ हजार ८ सय ४४ जनाको मृत्यु भएको छ । र मृतकमा पनि सबैभन्दा धेरै अमेरिकामा नै पुगेको छ । अमेरिकामा हालसम्म ६९ हजार ६ सय १७ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ३६ लाख ४० हजार ८ सय ९ जना जना संक्रमित पुगेका छन् । पछिल्लो २४ घन्टामा विश्वभर ७७ हजार १ सय २० जना नयाँ संक्रमित देखिएका छन् ।

ती मध्ये सबैभन्दा धेरै अमेरिकामा २३ हजार ४ सय २७ जना देखिएका छन् भने मृत्यु हुनेमा पनि गत २४ घन्टामा ३ हजार ६ सय ९९ मध्ये अमेरिकामा १ हजार २० जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित