दोस्रो चरणको निर्वाचन : हर्सोल्लाससँगै बम विस्फोट र झडप

काठमाडौं : झण्डै २० वर्षपछि हुन लागेको स्थानियत तहको दोस्रो चरणको निर्वाचनमा कतै हर्सोल्लासका साथ आज मनोनयन दर्ता भइरहेको छ भने कतै बम विस्फोट भएको छ । मनोनयन दर्ता गर्ने दिन आजै शिर्ष दलका कर्यकर्ताहरुबीच झडप पनि भएको छ । यद्यपी निर्वाचन आयोगले भने शन्तिपूर्ण तरिकारले मनोनयन दर्ता भइरहेको बताएको छ । दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ मा उम्मेदवारी मनोनयन जारी छ । यस अघि ३, ४ र ६ मा बैशाख ३१ गते नै निर्वाचन भइसक्यो भने प्रदेश नं. २ को निर्वाचन असोज २ का लागि तोकिएको छ । असार १४ गते हुने दोस्रो चरण निर्वाचनको लागि ३ वटा प्रदेशका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा उम्मेदवारी दर्ता भइरहेको छ। दलका स्थानीय नेताहरु झाँकीसहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराइरहेका छन्। प्रदेश नं १, ५ र ७ मा हुने निर्वाचनबाट एक महानगरपालिका, सात उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ वटा गाउँपालिकाबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित हुनेछन् । स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि चार हजार ५ सय ८१ मतदानस्थल आठ हजार ३ सय ६४ मतदानकेन्द्र कायम गरिएको छ । दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदातालाई मताधिकार रहेको छ । दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिने आयोगले जानकारी दिएको छ । यता, विराटनगरका केही वडामा काँग्रेस र एमालेका असन्तुष्टहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यसैबीच कपिलवस्तुको बाँणगंगा नगरपालिका ४ को गजेडा चोकमा बम विस्फोट हुँदा १० जना घाइते भएका छन् भने घाइते मध्ये दुर्इको अवस्था गम्भीर रहेको छ । स्थानीय तहको दोश्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता गराउन माओवादी र काँग्रेसको संयुक्त प्यानल जिल्ला निर्वाचन अधिकृतको कार्यालयतर्फ जाँदै गर्दा बम विस्फोट भएको हो। विस्फोटले घटनास्थल वरपरको घरहरू तथा बसहरूमा पनि सामान्य क्षति पुगेको छ । घाइतेहरूको बाँणगंगा ४ स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म घटनाको जिम्मेवारी कसैले पनि नलिएको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए । घटनास्थल निर्वाचन अधिकृतको कार्यालय नजिकै रहेको छ । यता, बाजुराको छेडेदह गाउँपालिका ५ मा आइतबार दिउँसो नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ता बीच झडप हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये सातको अवस्था गम्भीर रहेको छ।

चुनावी प्रचार प्रसारको क्रममा ढुंगा प्रहार भएको निउँमा झडप भएको हो । झडपमा परि घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरेको छ भने घाइते मध्येका एक दशबहादुर रावतको अवस्था चिन्ताजनक भएपछि उनलाई जिल्ला अस्पताल पठाइएको छ । घाइतेहरूमा प्रेम खड्का, बलबहादुर रावत, चैते रोकाया, मिनबहादुर धामी लगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित