कोरोनाविरूद्धको टास्क फोर्स खारेज, अर्थतन्त्र उकास्ने टास्क फोर्स गठन !

trump_1_1

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसले गठन गरेको उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा रहेको कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । साे टास्क फोर्स खारेज गर्दै अर्थतन्त्र उकास्ने तर्फ अमेरिका लागेको राष्ट्रपति ट्रम्पले बताए । 

अहिलेको टास्क फोर्सले राम्रो काम गरेको भए पनि अमेरिका जसरी पनि खोल्नुपर्ने बताउँदै राष्ट्रपति ट्रम्पले परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताए ।

ट्रम्पले अर्थ व्यवस्था उकास्नका लागी अर्को टास्क फोर्स बनाउने तयारी गरिरहेको पनि जनाइएको छ । अमेरिका सधैं बन्द गर्न नसकिने पनि उक्त अवसरमा ट्रम्पले बताए ।

अमेरिकामा हालसम्म १२ लाख ३७ हजार ६ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित