विश्वभर संक्रमित संख्या ३७ लाख नाघ्यो, मृतक २ लाख ५८ हजार बढी

world-corona
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण संक्रमित हुनेको संख्या करिब ३७ लाख नाघेको छ भने मृतक २ लाख ५८ हजारभन्दा बढी पुगेका छन् । हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा नै सबैभन्दा धेरै पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या ३७ लाख २६ हजार ६ सय ६६ जना जना संक्रमित पुगेका छन् । जसमध्ये सबैभन्दा धेरै अमेरिकामा पुगेको छ । अमेरिकामा १२ लाख ३७ हजार ६ सय ३३ पुगेको छ ।

त्यस्तै हालसम्म २ लाख ५८ हजार २ सय ९४ जनाको मृत्यु भएको छ । र मृतकमा पनि सबैभन्दा धेरै अमेरिकामा नै पुगेको छ । अमेरिकामा हालसम्म ७२ हजार २ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घन्टामा विश्वभर ८१ हजार २ सय ४६ जना नयाँ संक्रमित देखिएका छन् । ती मध्ये सबैभन्दा धेरै अमेरिकामा २४ हजार ७ सय ९८ जना देखिएका छन् भने मृत्यु हुनेमा पनि गत २४ घन्टामा ५ हजार ७ सय ९७ मध्ये अमेरिकामा २ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित