कोरोनाका कारण इटालीभन्दा बेलायतमा धेरैको मृत्यु

UK

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या इटालीमा भन्दा बेलायतमा धेरै पुगेको छ । यससँगै ज्यान गुमाउनेमा अमेरिकापछि बेलायत भएको छ ।

ताजा तथ्यांक अनुसार बेलायतमा २९ हजार ४ सय २७ जनाको मृत्यु भएको छ भने १ लाख ९४ हजार ९ सय ९० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ सय ९३ जनाको मृत्यु भएको छ भने अरु ४ हजार ४ सय ६ जनामा संक्रमण देखिएको छ ।

इटालीमा भने तुलनात्मक रुपमा मृत्युदरमा केही कमी आएको देखिएको छ । पछिल्लो २४ घन्टामा इटालीमा २ सय ३६ जनाको मृत्यु र १ हजार ८९ जना नयाँ संक्रमित देखिएका छन् ।

इटालीमा हालसम्म २९ हजार ३ सय १५ जनाको मृत्यु भएको छ भने २ लाख १३ हजार १३ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित