हरेक दिनरात मावनताको सेवामा जुट्ने व्यक्ति नै बुद्धको सच्चा अनुयायी: भारतीय प्रधानमन्त्री मोदी

1_Modi

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भगवानले एक परिस्थितिमा सीमित नभई हरेक मानिसलाई मावनताको नाताले मद्दत गर्नुपर्ने सन्देश दिएको बताएका छन् । भगवान् बुद्धका प्रत्येक उपदेश मानवताको सेवाका लागि भारतको प्रतिबद्धतालाई सुदृढ गराउने बताए ।

बुद्ध भारतको बोध र आत्मबोधको प्रतिक भएको बताए । उनले यसै आत्मबोधका साथ भारतले पूरा विश्वको मावनताको रक्षाको लागि रहिरहने बताए । भगवान् बुद्धको सन्देश जीवनको सबैभन्दा उत्कृष्ट साथ रहेको बताए ।

प्रधानमन्त्री मोदीले दिनरात मानवताको सेवामा जुटिरहने व्यक्ति नै बुद्धको सच्चा अनुयायी भएको पनि मोदीले बताए । भगवान् बुद्ध जन्मजयन्तीका अवसरमा आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका थिए ।

प्रधानमन्त्री मोदीले भगवान् बुद्धको उपदेशको सही तरिकाले प्रयोग गर्न सके कोरोना भाइरसको संकटबाट पनि मुक्ति पाउन सकिने बताए ।

प्रतिक्रिया

सम्बन्धित