मानव कल्याण समाजले दिपप्रज्वलन गर्दै मनायो दोस्रो वार्षिकोत्सव

Manav Kalyan Barsik
भक्तपुर ।
ओम कृष्ण सेवासदन,झौखेलको प्राङ्गणबाट सेवा सञ्चालन गर्दै गरेको मानव कल्याण समाज सेवा घरले विश्वशान्तीको कामना हेतु दिप प्रज्वलन गर्दै संस्थाको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ ।
वार्षिकोत्सव कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाबाट उद्धार गरिएको २१ दिनकी छोरी मानवीको न्वारन र प्रहरी वृत्त ठिमिको सहयोगमा उद्धार गरिएको १ महिनाको छोरी समृद्धिको शुभ अन्नप्रासन समेत गरिएको सेवा घरका सचिव विजय कुमार पोखरेलले बताए  ।

मानव सेवा घरले दास्रो वार्षिकोत्सव मनाईरहदा सेवा शुभारम्भ गरेदेखि हाल सम्म विभिन्न ठाँउबाट २०० जना सहयोगापेक्षी सडकमानवहरुको उद्धार गरिसकेको सेवा घरकी अध्यक्ष सुमी मानवले बताईन । हाल ९ छोराछोरी सहित ६३ जनालाई सेवा दिईरहेको सेवाघर बाट १८ जनाको देहावसान र ७५ जनाको पुर्नस्थापना गरिएको अध्यक्ष मानवीले बताइन ।

manav Kalyan Barsik 1

 

कोरोना कहरबाट सृजित लकडाउनको निर्देशित आदेश सुचनाहरुलाई पालना गर्दै सम्पन्न भएकोे वार्षिकोत्सव कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे,जिल्ला समन्वय समितिका उप प्रमुख सरिता कुवँर, नेकपा भक्तपुर अध्यक्ष वच्चन देउजा,सूर्यविनायक,चाँगुनारायण एवं मध्यपुर थिमि नगरपालिका उपप्रमुख क्रमशः जुना वस्नेत,विना वास्तोला,अन्जना मधिकर्मी, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख सविन प्रधान,विरदल गण प्रमुख शिव पौडेल, शसस्त्र प्रहरी गुहेश्वरी गणका प्रमुख विश्वराज भटटराई,गैसस महासंघ भक्तपुरका अध्यक्ष सोमशर्मा वजगाई,पत्रकार महासघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी,पातञ्जल योगसमिति नेपालका संरक्षक एवं ओम कृष्ण सेवासदनका अध्यक्ष वालमुकुन्द सुवाल,गैसस महासघ भक्तपुरका उपाध्यक्ष जयराम थापा,विभिन्न मेडियाका पत्रकार लिला श्रेष्ठ,विरेन चम्लागाई,पेसल आचार्य, उत्प्रेरक रमन नेपाली,एस एस डि आर सी का अध्यक्ष सविता उप्रेती,चाँगुनारायण नगरपालिका वडा नं २ का अध्यक्ष शिवहरि केसी, पातञ्जल योग समिति नेपाल एवं ओम कृष्ण सेवासदन झौखेलका केन्द्रिय महासचिव नबराज काफ्ले,पातञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य सोम प्रसाद प्रधान,नेकपा भक्तपुर जिल्ला सदस्य उत्तरा नेपाल, पातञ्जल योग समिति भक्तपुरका अध्यक्ष योग प्रसाद आचार्य,हनुमन्ते नदि सफाई अभियानका अगुवा अभियान्ता एवं वेभगु्रपका अध्यक्ष नरेश रन्जित,पातञ्जल योग समिति भक्तपुरका सचिव एवं कोषाध्यक्ष क्रमशः श्रृजनामल्ल ठकुरी र रन्जिता न्यौपाने,ओम कृष्ण सेवासदनकी सदस्य विष्णु सुवेदी,पातञ्जल योग समिति जिल्ला सदस्य एवं गायककार अशोक नेपाली,पातञ्जल योग चाँगुनगर समितिका अध्यक्ष सुर्वण न्यौपाने,चाँगुनगर बालक्लब सञ्जालकी अध्यक्ष नतासा केसी, समाजसेवी वेद प्रसाद खरेल,निरुमल्ल ठकुरी,ईन्दु लम्साल, सेवाघरका महिला समिति एवम अन्य विभिन्न समितिका पदाधिकारी सदस्यहरु लगायत शुभेच्छुक,शुभचिन्तकहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित