भुल्केका थप ८ जना कोरोनामुक्त, आज डिस्चार्ज गर्ने अस्पतालको तयारी

Biratnagar

विराटनगर । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका उदयपुरका थप ८ जना कोरोना संक्रमित आज डिस्चार्ज हुने तयारीमा छन् । बिहीबारसम्म गरिएको कोरोना परिक्षणमा उनीहरु निको भएको अस्पतालले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के मस्जिद वरिपरिका स्थानीय ८ जनामा पछिल्लो तीन रिपोर्टमा कोरोना संक्रमण नेगेटिभ देखिएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले बताइन् । उनीहरुमध्ये ७ जना नेपाली र १ जना भारतीय रहेको पनि उनले जानकारी दिइन् ।

विराटनगर अस्पतालमा उपचार गराएका उदयपुर भुल्केका २८ जनामध्ये यसअघि ६ जना भारतीय जमाती उपचारपछि फर्किसकेका छन् ।

यससँगै नेपालमा कोरोनाको संक्रमणपछि निको हुनेको संख्या ३० पुगेको छ । बिहीबार मात्रै कपिलवस्तुमा थप २ जनामा संक्रमण देखिएपछि हालसम्म संक्रमित १ सय १ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित