कोरोना कष्टः अमेरिकामा ८० हजार बढीको मृत्यु, विश्वभर ४१ लाख संक्रमित

us_1

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १ हजार ४ सय २२ जनाको मृत्यु भएसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ८० हजार ३७ जना पुगेका छन् ।

त्यस्तै हालसम्म विश्वभर २ लाख ८० हजार ४ सय ३१ जनाको मृत्यु भएको छ भने विश्भवर संक्रमितको संख्या ४१ लाख ६ सय ९ जना संक्रमित देखिएका छन् ।

विश्वकै एक तिहाई संख्यामा अमेरिकामा संक्रमित संख्या देखिएको हो । अमेरिकामा १३ लाख ४७ हजार ३ सय ९ जनालाई कोरोना संक्रमण देखिएको तथ्यांक सार्वजनिक भएको छ ।

अमेरिकापछि हालसम्म बेलायतमा ३१ हजार ५ सय ८७ जनाको मृत्यु भएको छ भने इटालीमा ३० हजार ३ सय ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय तीब्रताका साथ संक्रमितको संख्या देखिएको नेपाली छिमेकी मुलुक भारतमा भने हालसम्म ६२ हजार ८ सय ८ जना संक्रमित देखिएका छन् भने हालसम्म २ हजार १ सय १जनाको मृत्यु भएको छ ।

नेपालमा १ सय १० जना संक्रमित देखिएका छन् भने ती मध्ये ३१ जना उपचारपछि घर फर्किसकेको जनाइएको छ । नेपालमा शनिबार मात्रै ८ जनामा संक्रमण देखिएको छ ।

हालसम्म विश्वका १० देशमा एक लाख भन्दा बढी संक्रमित देखिएका छन् । ती देशहरुमा क्रमशः अमेरिका, स्पेन, इटाली, बेलायत, रसिया, फ्रान्स, जर्मनी, ब्राजिल, टर्की र इरान रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित