सहमति लिएर भाडा बढाउँदा पनि छापा ?

काठमाडौं : व्यवसायीहरुले अस्वभाविक रुपमा भाडा बढाएको भन्दै सरकारले वायुसेवा सञ्चालक संघमा छापा मारेको छ । व्यवसायीहरुले मंगलवारदेखि लागू हुनेगरी हवाई भाडा बढाउने निर्णय गरेको थियो । इन्धनको मूल्य बढेको नाममा भाडा बढाउने निर्णय गरेसँगै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले सोमवार संघमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । संघले हवाई भाडामा २ सय २० रुपैयाँसम्म वृद्धि गरेको छ । तर विभागले भने उक्त भाडा मूल्य अस्वभाविक भएको भन्दै संघमा छापा मारेको जनाएको छ । विभागले भाडा बढाउनुपर्ने कारण, सम्बन्धित कागजात र यसअघिका अभ्यास सबै समेटेर विस्तृत विवरण २४ घण्टाभित्र विभागमा पेस गर्न निर्देशन दिएका जनाएको छ । आयल निगमले गत शुक्रबार हवाई इन्धनको मूल्य बढाएसँगै भाडा बढाउनुपरेको दावी संघको छ । निगमले हवाई इन्धनको मूल्यमा ५ रुपैयाँ वृद्धि गरेको थियो । त्यसअघि प्रतिलिटर हवाई इन्धनको मूल्य ८२ रुपैयाँ बाट ८७ रुपैयाँ पुर्‍याएको थियो । तर, संघले भने नागरिक उडड्यन प्राधिकरणको सहमतिपछि मात्र भाडा बढाइएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित