कोरोना संक्रमणमुक्त हुँदै अस्पतालबाट छोरासँगै घर फर्किइन् चितवनकी आमा

bharatpur hospita

 

चितवन । राप्ती नगरपालिका वडा नं. ८ की कोरोना संक्रमित महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । वैशाख ३ गते संक्रमणपछि भरतपुर अस्पतालमा उपचार गराउँदै आएकी ६३ वर्षीया महिलालाई बुधबार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल आफैं एम्बुलेन्स लिएर उनलाई लिन आएकी थिइन् । संक्रमणपछि निको भएकी महिलाले अस्पतालका नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताललाई धन्यवाद दिँदै बिदा भएकी थिइन् ।

दुई छोरासँगै वैशाख ३ गते भरतपुर अस्पताल आएकी आमा र एक छोरालाई कोरोना भाइरस सङ्क्रमण देखिएको थियो भने अर्का एक छोरामा नेगेटिभ देखिएको थियो । वैशाख १३ गते २७ वर्षीय छोरा सङ्क्रमणमुक्त भए पनि आमालाई निको हुन समय लागेको थियो । आमासँगै घर जाने बताएपछि सङ्क्रमण निको भएका छोरा पनि अस्पतालकै क्वारेन्टाइनमा बसेका थिए । आमालाई लिएर उनी पनि आज घर फर्किएका छन् ।

अस्पतालका तर्फबाट बिदाइ गर्दै फूल, गुच्छा र डिस्चार्ज दिएपछि खुशी हुँदै आमाले आफूलाई कोरोना भएको भनिए पनि शरीरलाई भने केही नभएको बताइन् । उनले भनिन्, “एकदमै राम्रो छ । आउँदा पनि यस्तै थियो अहिले पनि त्यस्तै छ ।”

प्रतिक्रिया

सम्बन्धित