नेपालमा थप २४ मा कोरोना संक्रमण, २ सय ४३ पुगे

Mynews_1

 

काठमाडौं । पछिल्ला दिनमा अत्याधिक संक्रमित संख्या देखिएको थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रूपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा गरी २४ जना नयाँ संक्रमित देखिएका छन् ।

रूपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३, ४१ वर्षका पुरूष, ४, १०, २८ वर्षीया महिला, कपिलवस्तुका २२, २९, ३२, ४ण, ४०, ४०, ४२, ४२ वर्षका पुरूष, पर्साका ३६ र ७४ वर्षका पुरूष र ३६ वर्षीया महिलाका साथै नवलपरासीकी ३६ वर्षीय एक पुरूषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित