आजदेखि लकडाउन कडा पारिँदै, बैंकका सबै शाखा नखुल्ने

3 copy

काठमाडौं । नेपालमा पछिल्ला दिनमा एक्कासी कोरोना संक्रमण बढेपछि विगत ५२ दिनदेखि घोषणा गरिएको लकडाउन आजदेखि फेरि कडा बनाइने भएको छ ।
मंगलबार एकैदिन ८३ जनामा संक्रमण देखिएपछि सरकारले आजदेखि कडा बनाउने घोषणा गरेको हो ।

सरकारले बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा पूर्ण रोक लगाएको छ भने वित्तिय संस्थाहरु पनि निश्चितमात्रामा मात्र खुल्ने जनाइएको छ । वित्तिय संस्था एवं बैंकहरुलाई नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ ।

अत्यावश्यक सवारीका साधनबाहेक अन्य सवारीलाई पूर्ण रोक लगाइएको गृहमन्त्रालय स्रोतले जनाएको छ । सेना, प्रहरी, एम्बुलेन्स, सञ्चारमाध्यमका साथै अत्यावश्यक सवारीलाई मात्र गुड्न दिइने जनाइएको छ ।

सरकारको यही निर्णयलाई आधारमान्दै कतिपय स्थानीय तहहरुले स्थानीय तह प्रवेशमा पूर्ण रोक लगाएका छन् ।

नेपालमा बुधबार २६ जना नयाँ संक्रमित देखिएसँगै २ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ भने हालसम्म ३५ जना उपचार पछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित