एसईई परीक्षाको नतिजा प्रकाशित, कसरी हेर्ने ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । एसईईमा  नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना उत्तीर्ण भएका छन् । यस वर्षको एसईई परीक्षामा ४ लाख ६२ हजार १३६ जना परीक्षार्थी संलग्न थिए ।  नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले आजको मितिले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्नेछन् । परीक्षा नियन्त्रण कार्यालयले नतिजा वेभसाइट, एसएमएस र आइभिआरबाट पनि थाहा पाउन सकिने व्यवस्था गरेको छ ।

नतिजा कसरी हेर्ने ? शिक्षा मन्त्रालय सिंहदरवार काठमाडौं को वेभसाइट-www.moe.gov.np

शिक्षा विभाग सानोठिमी भक्तपुर- www.neb.gov.np,

परिक्षा नियन्त्रण कार्यलय सानोठिमी भक्तपुर-www.soce.np

नेपाल टेलीकम-www.see.ntc.np,  लगअन गरि हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित