‘राजनीतिक प्रतिशोधका आधारमा चरित्रहत्या गर्ने प्रयास'

Sunuwar

काठमाडौं । ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिका वडा–१ का वडाध्यक्ष सरोजकुमार सुनुवारले एकल महिलासँग जोडेर आफ्नो चरित्रहत्या गरिएको बताएका छन् । सुनुवारले एक विज्ञप्ति जारी गर्दै राजनीतिक प्रतिशोधका आधारमा चरित्रहत्या गरिएको दाबी गरेका हुन् ।

केही दिन अघि वडाध्यक्ष सुनुवार र एक एकल महिलाबीचको  अनैतिक सम्बन्धका विषयमा केही अनलाइनमा समाचार सार्वजनिक भएको थियो । समाचारमा अनैतिक सम्बन्ध कायम हुँदै गर्दा तिनै महिलाकी छोरीले देखेको र गाउँलेलाई हल्ला फिँजाएको उल्लेख गरिएको थियो । समाचारको खण्डन गर्दै वडाध्यक्ष सुनुवारले अपुष्ट, भ्रामक र बिना प्रमाणको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

सुनुवारद्वारा जारी विज्ञप्तिमा भनिएको छ— पदीय जिम्मेवारमा रहेर काम गर्दा रिस र इर्ष्याले विपक्षले राजनीतिक प्रतिशोध साँध्ने र कमजोर बनाउने उद्देश्यका साथ निहित स्वार्थ राखी तथ्यहीन आधारमा समाचार लेखिएको छ । समाचारका कारण आफू र आफ्नो परिवारमा परेको मानसिक तनाव एवम् एकल महिलाप्रति गरिएको अपमानको जिम्मेवार समाचार सार्वजनिक गर्ने मिडिया हुनेछ।घटनाबारे वडाध्यक्ष सुनुवार र आरोपित एकल महिला दुबैले अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित