पैदल यात्रु र पास नभएका सवारीलाई काठमाडौं प्रवेशमा प्रतिबन्ध

Nagdhunga

काठमाडौं । देशमा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणको कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले पास नभएका सवारी र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

शुक्रवार बसेको बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनलाई थप कडाई गर्दै काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बाहनामा मानिसहरूको अनावश्यक भीडभाड नगर्न अनुरोध गर्दै र त्यसो गरेको पाइएमा कारबाही गरिने निर्णय गरेको छ ।

बैठकले एम्बुलेन्स, शव वाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, खसीबोका, राँगा, कुखुरा, माछा, तरकारी, फलफूल, निर्माण सामग्रीहरु बोकेका सवारीसाधनहरुलाई भने पास नचाहिने निर्णय गरेको छ ।

cdo KTM

 

 

प्रतिक्रिया

सम्बन्धित