नेपालमा थप २ जनामा कोरोना संक्रमण, २ सय ७८ पुगे संक्रमित

1 Health

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

महोत्तरीका एक जना पुरुष र काभ्रेका १ पुरुषमा संक्रमण देखिएको डा. देवकोटाले जनाए ।

डा. देवकोटाका अनुसार नेपालभर हालसम्म २ सय ७८ जना संक्रमित देखिएका छन् । यससँगै हालसम्म देशका २६ जिल्लामा संक्रमित भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित