लकडाउन बढाउन मन्त्रीपरिषद् बैठक बस्दै, १५ दिन थप्ने तयारी !

mantri

 

काठमाडौं । विगत चैत ११ देखि जारी गरिँदै आएको लकडाउन भोलिदेखि सकिँदैछ । त्यसैलाई मध्यनजर गर्दै लकडाउन बढाउनका लागि आज मन्त्रीपरिषद् बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीपरिषद् बैठक बोलाएका छन् ।

कोरोना संक्रमणका कारण मृत्यु भएको र संक्रमण पनि बढ्दो गतिमा गइरहेकोले यसपटक १५ दिन लकडाउन थप्ने तयारी गरिएको उच्चस्तरीय कोरोना जोखिम नियन्त्रण समितिका एक सदस्यले बताए ।

हालसम्म नेपालमा २ सय ९१ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १ जनाको मृत्यु भएको छ । तीमध्ये ३६ जना उपचार पछि घर फर्किसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित