अमेरिकन आइडलको फाइनलमा आर्थर गन

Dibesh

 

काठमाडौं । नेपाली युवक दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको फाइनलमा प्रवेश गरेका छन् । अमेरिकन आइडलका टप ५ प्रतियोगीहरु फाइनल पुग्ने नियमसँगै उनी पनि फाइनल पुगेका हुन् ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्ड पनि सुरु भइसकेको छ । यसमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

साथै एक घन्टासम्म भोटिङ खुल्ला राखिने छ । सबैभन्दा बढी भोट ल्याउने अमेरिकन आइडल घोषणा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित