छिमेकीको नियतिः भारतमा एकैदिन ५ हजार भन्दा बढी संक्रमित, हालसम्म ३ हजार २५ को मृत्यु

ind

 

 

काठमाडौं । भारतमा एकै दिन ५ हजार भन्दा बढी कोरोना संक्रमित देखिएका छन् । विश्वमा ४८ लाख भन्दा बढी मानिस संक्रमित भइसकेको कोरोना भाइरसका कारण नेपालको छिमेकी मुलुक भारतमा पछिल्लो २४ घन्टामा ५ हजार ५० जना नयाँ संक्रमित देखिएका छन् ।

अन्य मुलुकहरुमा तुलनात्मक रुपमा कमी हुँदै आएको कोरोना भाइरसको प्रभाव भारतमा पछिल्ला दिनमा तीब्र गतिमा बढ्दै गएको छ । हालसम्म भारत विश्वको ११ औं स्थानमा आइसकेको छ, जुन अवस्था कोरोनाको उद्गमस्थल चीनमा भन्दा धेरै मानिसको संक्रमित भएको हो ।

भारतमा पछिल्लो २४ घन्टामा १ सय ५४ जनाको मृत्यु भएको छ । यससँगै भारतमा हालसम्म ३ हजार २५ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वभर ४८ लाख १ हजार ५ सय १७ संक्रमित भइसकेका छन् भने ३ लाख १६ हजार ५ सय २० जनाको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित