लिम्पियाधुरा र कालापानीसहितको नेपालको नक्सा मन्त्रीपरिषदबाट पारित

mantriparisad

काठमाडौं । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर बनाइएको नेपालको नयाँ नक्सा मन्त्रीपरिषद्बाट पारित गरेको छ । साेमबार बसेको मन्त्रीपरिषदको बैठकले भूमिसुधार मन्त्रालयले लगेको प्रस्तावमा नयाँ नक्सा पारित गरेको जनाइएको छ ।

त्यसपछि संसदीय समितिहरुले नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको थियो ।

नक्साका विषयमा नेपालले कूटनीतिक सम्वादबाट समस्या समाधान गर्ने बताएपनि भारतले सचिवस्तरीय संयन्त्रको बैठक टार्दै आएको छ ।

भारत कोरोनाको संकट देखाउँदै बर्ता गर्न तयार नभएपछि सरकारलाई छुटेको नेपाली भूभागलाई समेटेर नेपालको नयाँ नक्सा जारी गर्न चौतर्फी दबाव परेको थियो ।

जेठ २ गते संसदमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने प्रतिवद्धता जनाइएको थियो । यो निर्णयलाई नेपाल सरकार अनि प्रधानमन्त्री केपी शर्मा ओलीको साहसिक काम मानिएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित