छिमेकीको नियतिः १ लाख नाघ्यो भारतमा संक्रमित संख्या, ३ हजार १ सयभन्दा बढीको मृत्यु

ind

 

काठमाडौं । भारतमा कोरोना संक्रमण हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार भारतमा गत २४ घन्टामा ४ हजार ६ सय भन्दा संक्रमित देखिएका छन् । यससँगै भारतमा १ लाख ३ सय २८ जना संक्रमित देखिएका छन् भने हालसम्म ३ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ ।

अन्य मुलुकहरुमा तुलनात्मक रुपमा कमी हुँदै आएको कोरोना भाइरसको प्रभाव भारतमा पछिल्ला दिनमा तीब्र गतिमा बढ्दै गएको छ । हालसम्म भारत विश्वको ११ औं स्थानमा आइसकेको छ, जुन अवस्था कोरोनाको उद्गमस्थल चीनमा भन्दा धेरै मानिसको संक्रमित भएको हो ।

अमेरिकामा सबैभन्दा धेरे १५ लाख ५० हजार संक्रमित देखिएका छन् भने ९१ हजार ९ सय ८१ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म विश्वमा संक्रमितको संख्या ४८ लाख ९० हजार ६ सय ६६ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ लाख २० हजार १ सय १२ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित