भन्सारमा पनि एनसेलको लफडा ,शंकर अर्यालको सेटिङमा गैरकानुनी कामदार भित्रिए

काठमाडौं । लाभकर विवादमा फसेको मोवाइल सेवा प्रदायक कम्पनी एनसेल फेरि अर्को समस्यामा परेको छ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थमार्फत सामान ल्याउँदा र पठाउँदा भन्सार महसुल नबुझाएका कारण एनसेलको आयात निर्यात नै केही समय रोकिएको अर्थ मन्त्रालय स्रोतले बतायो । भन्सार विभागले एनसेलले विदेशबाट खरिद गरेका आवश्यक प्रविधिजन्य सामानहरु नेपाल भित्र्याउँदा पुरानो बेरुजु नतिरेको भन्दै रोकेपछि एनसेल पुनः अर्को विवादमा मुछिएको हो ।

 यस अघि पनि भूकम्पको समयमा रेडक्रसको स्टिकर टाँसेर भन्सार छली गरेर एनसेलले सामान भित्र्याउँदा लामो समयसम्म उक्त सामानहरु बेवारिसे बनेका थिए । स्रोतका अनुसार भन्सारमा विवाद भएपछि मुद्दा मिलाउनका लागि एनसेलका कानुनी शाखाका निर्देशक अम्बरबहादुर थापा लगायतले एयरपोर्ट भन्सार प्रमुख नारायण सापकोटालाई एक सातादेखि भेट्दै आएका छन् । तर, भन्सार प्रमुखले बेरुजु चुक्ता नहुन्जेल र लाभकर विवाद नटुंगिन्जेल आयात निर्यात रोक्न माथिबाट निर्देशन आएको बताएपछि अन्ततः एनसेलले केही मात्रामा बेरुजु रकम बुझई झण्डै डेढ अर्व बराबरको सामान छुटाएको स्रोतको दावी छ ।

 पुँजीगत लाभकर विवाद नटुंगिन्जेल र बेरुजु रकम नबुझाएसम्म सामान आयात निर्यात रोक्ने चेतावनी दिएपनि अन्तिममा भन्सार प्रमुख सापकोटा राजी भएका कारण एनसेलको आयात निर्यात पक्रिया सहज बनेको हो । भन्सार प्रमुख सापकोटाले समेत एनसेलबाट राम्रै लाभ लिएरको एनसेलमा चर्चा छ । यता, उद्योग र श्रम विभागको स्वीकृत विना एनसेलका प्रवन्ध निर्देशक सिमोन पर्किन्सन, लेखा प्रमुख हादी हाल्मीसहितका दर्जनौं विदेशी कर्मचारीहरु गैरकानुनी रुपमा काम गर्दै आएकोमा उद्योग विभागका महानिर्देशक शंकर अर्यालले भिसा प्रक्रिया सहज बनाइदिएका छन् ।

 विदेशी नागरिकले वर्किङ भिसाका लागि उद्योग विभागबाट सिफारिस लिएपछि मात्रै अध्यागमनले भिसा दिने प्रावधान रहेको छ । एनसेलमा २० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने नेपाली व्यापारी शतिशलाल आचार्य र उद्योगका महानिर्देशक अर्यालको स्वार्थ मिलेपछि एनसेलका सिइओ सिमोन पार्किन्सन, लेखा प्रमुख हादी हाल्मीसहित २२ जना कर्मचारीहरुको अबरुद्ध बनेको फाइल उद्योग विभागले भिसा थप गरी अध्यागमनमा पठाएको छ ।

 यसअघि एनसेलका विदेशी कामदार आएको मिति र उनीहरूको भिसाको अन्तिम मिति समेत उल्लेख नहुँदा गैरकानुनी रूपमा बसेर सेटिङ मिलाई काम गर्नेको संख्या अधिक रहेको भन्दै अध्यागमनमा उजुरी परेको थियो । तर, एकाएक आचार्यले अर्यालसँग सेटिङ मिलाएर उनीहरुको भिसा सहज बनाइएको हो । एनसेलका सिइओ पार्किन्सन र लेखा प्रमुख हाल्मीले गैरकानूनी तरिकाले वर्किङ भिसा निकालेको भन्दै एनसेलकै कर्मचारीले अध्यागनम र उद्योग विभागमा पनि उजुरी हालेका थिए । एनसेलले कार्यादेश बिना नै पर्यटक भीसामा कामदार भित्र्याएर राजश्व छलि गरेको छ । पूँजीगत लाभकर नतिरेको कम्पनीलाई व्यवसायिक योजनाका लागि कुनै पनि स्वीकृति दिन उपयुक्त नहुने प्रावधान छँदाछँदै उद्योगका डिजी अर्यालले गैरकानुनी निर्णय गरेको उद्योग विभाग स्रोत बताउँछ । यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

प्रतिक्रिया

सम्बन्धित