नेपालमा थप २५ संक्रमित, हालसम्म ४२७ संक्रमित

1 Health

 

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्दै आएको कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।

पछिल्लो नयाँ संक्रमित २५ जना रहेको डा. देवकोटाले जनाए । ३ देखि ४८ वर्ष उमेरका मानिसहरुमा संक्रमित देखिएका छन् ।

देवकोटाले बाँकेमा ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा थप १३ जना र नवलपरासी पश्चिम सुस्ताका एक पुरुष संक्रमित भएको बताए । यसरी हालसम्म कुल ४ सय २७ जना संक्रमित भएको उनले बताए ।

हालसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ पुगेको छ । आरडीटीबाट ७५ हजार ७२ जनाको परिक्षण गरिएको डा. देवकोटाले बताए ।

त्यस्तै छिटो परिक्षण गर्ने इच्छा भएका व्यक्तिहरुलाई पीसीआर टेष्ट गर्ने सुविधा खुल्ला भएको जनाएको छ । त्यसको मन्त्रालयले नै शुल्क तोक्ने डा. देवकोटाले बताए ।

कोशी अञ्चल अस्पतालका उदयपुरका ८ जना डिस्चार्ज भएको पनि उनले जनाए । त्यस्तै २ जनाको मृत्यु भएको छ भने ४५ जना उपचारपछि घर फर्किसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित