समेटियो नेपालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी

Nepal Map

काठमाडौं । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ ।

सिंहदरबारस्थित भूमि व्यवस्था मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच बुधबार भूमि व्यवस्था मन्त्री पद्मकुमारी अर्यालले सो नक्सा सार्वजनिक गरेकी हुन्।

सो नक्सामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्राष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ।

सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ। सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसदमा विधेयक पेश गर्ने तयारी पनि गरेको छ। नयाँ नक्सामा अन्तर्राष्ट्रिय सीमानामा खासगरी पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ भने यो नक्सामा सङ्घीयताअनुरूप प्रदेश र स्थानीय तह पनि समेटिएको छ।

यसअघि सोमबार बसेको मन्त्री परिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेट्दै नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने  निर्णय पारित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित