विश्वमा कोरोनाः ५० लाख नाघ्यो संक्रमित संख्या, ३ लाख २५ हजारबढीको मृत्यु

world-corona

काठमाडौं । कोरोना भाइरसका कारण विश्वभर संक्रमितको संख्या ५० लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म विश्वमार ५० लाख ६ हजार ६ सय ७५ जना संक्रमित देखिएका छन् भने ३ लाख २५ हजार ३ सय २५ जनाको मृत्यु भइसकेको छ ।

हालसम्म सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा रहेको छ । हालसम्म अमेरिकामा १५ लाख ७१ हजार १ सय ३१ जना संक्रमित देखिएका छन् भने ९३ हजार ५ सय ५८ जनाको मृत्यु भएको छ ।

त्यस्तै रसियामा संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार रसिनामा ३ लाख ८ हजार ७ सय ५ जना संक्रमित देखिएका छन् ।

रसियापछि संक्रमित धेरै हुने मुलुकमा, स्पेन, ब्राजिल, युके, इटली, फ्रान्स, जर्मनी, टर्की, इरान, भारत, पेरु र चीन रहेका छन् । पेरुमा पनि संक्रमितको संख्या १ लाख नजिक पुगेको छ ।

नेपालको छिमेकी राष्ट्र भारतमा १ लाख ६ हजार ८ सय ८६ जना संक्रमित देखिएका छन् भने ३ हजार ३ सय ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित