उपत्यकामा हालसम्म १९ संक्रमित, ५ डिस्चार्ज, १२ को पाटन अस्पतालमा उपचार हुँदै

patan

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ । ती मध्ये ५ जना उपचार पछि घर फर्केका छन् भने बाँकी १२ जनाको ललितपुरस्थित पाटन अस्पतालमा उपचार हुँदैछ ।

पछिल्लो समयमा विभिन्न बाहिर जिल्लाबाट आएर राजधानी बस्दै गरेका १२ जनामा कोरोना संक्रमण देखिएपछि सबै १२ जनालाई पाटन अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।

हालसम्म स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ पुगेको हो ।

काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ । बानेश्वर, कालीमाटी, मैतीदेवी लगायतका क्षेत्र सिल गरिएको छ ।

नेपालमा हालसम्म ४२७ जनामा कोरोना देखिएको छ । जसमध्ये ४५ निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित