निर्वाचन पछि प्रहरीको सङ्घीय संरचना अगाडि बढाइने

काठमाडौँ । गृहमन्त्री जर्नादन शर्माले सुरक्षा सङ्गठनको मनोबल बढाउन आफूले सक्दो पहल गर्ने उल्लेख गरेका छन् । निर्वाचन सम्पन्न भएपछि प्रहरीको सङ्घीय संरचना अगाडि बढाइने र त्यसका लागि  आफूले पूर्व गृहसचिव, पूर्वप्रहरी प्रमुख लगायतलाई बोलाएर  सुझाव लिएको गृहमन्त्री शर्माले वताएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कार्यक्षेत्र स्पष्ट गरिने तथा सरुवा, बढुवाका लागि पद्धति बसालिने शर्माले जनाए ।

    सिपाहीहरुको मनोबल वृद्धि नगरेसम्म शान्ति सुरक्षा जस्तो कार्य सम्पन्न गर्न नसकिने गृहमन्त्री शर्माको भनाइ छ ।

 सिपाहीलाई अनुशासित बनाउँदै प्रोत्साहन दिने योजना बनाउनेमा उनले जोड दिए । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा शर्माले आफूले सही नियतले काम गर्ने तथा देश र जनतालाई योगदान दिने उद्देश्यले मन्त्रालय सम्हालेको वताए ।

 प्रहरी सङ्गठन तँछाडमछाड गर्दै राजनीतिक नेतृत्वको पछाडि दगुर्ने प्रवृत्तिको आफूले अन्त्य गर्ने गृहमन्त्री शर्माले घोषणा गरेका छन् । गृहमन्त्री शर्माले भनसुन गर्नेलाई  कारवाही गर्ने जनाएका छन् । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई तालिममा बढावा दिन तथा विभागको उद्देश्यअनुसार विभागलाई प्रभावकारी बनाउन आफूले निर्देशन दिइसकेको वताए ।

प्रतिक्रिया

सम्बन्धित