थप ३२ मा कोरोना संक्रमण देखियो, ५ सय ४८ पुग्यो संक्रमित संख्या

Corona_Test_1

 

काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन, कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौं, बारालगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुका ८, सर्लाहीका १३, बाराका १, काठमाडाैंका १, रूपन्देहीका ८ र चितवनका १ जनामा कोरोना संक्रमण देखिएको हो । 

योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि ५ सय १६ लाइ संक्रमण देखिएकोमा ७० जना उपचार पछि निको भएर फर्किसकेका थिए ।

 

32

 

प्रतिक्रिया

सम्बन्धित