निर्माण व्यवसायीको नाममा ‘टोले गुन्डा’को आतंक, इन्जिनियरमाथि आक्रमण

gorkha

गोरखा । गोरखामा बिकास निर्माणका ठेक्कामा गैरव्यावसायीक व्यक्तिहरू हाबी भइरहेको देखिएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावामा योजना निर्माणका क्रममा बिबाद हुँदा ठेकेदार नवराज लामिछाने र सव–इन्जिनियर भरत भट्टबीच झडप भएको छ।

ठेक्कापट्टाको काम गर्दै आएका नवराज लामिछानेले भट्टलाई फोनमार्फत् ज्यान मार्ने धम्की दिएपछि बिबाद बढेको थियो।

स्थानियका अनुसार २०७७ जेठ ८ गते बिहान भिमसेन थापा गाउँपालिका वडा नं. ४ काशिखोला नाला निर्माणको शिलशिलामा अनुगमनमा खटिएका सव(ईन्जिनियर भरत भट्टलाई बालुवाटार निवासी निर्माण ब्यवसायी नवराज लामिछानेले आक्रमण गरेका थिए ।

स्थानिय उपभोक्ता समितीको छलफल चलिरहेको स्थानमा मोटरसाईकलमा आएका लामिछानेले एक्कासी टाउकोमा हेलमेटले आक्रमण गरेपछि छोरालाइ बचाउने क्रममा भट्टका बाबुले प्रतिकार गर्दा लामिछानेको टाउकोमा सामान्य चोट लागेको छ ।

सोही आधारमा प्रहरीले अहिले भट्टलाई नियन्त्रणमा लिएको जनाइएको छ । भट्टका बाबु तोयानाथले छोरालाई आक्रमण गर्न आउनेमाथि आइलाग्ने माथि जाइलाग्दा’ लामिछाने घाइते भएको बताए । घाइते लामिछानेलाई उपचारका लागि अस्पताल लगेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ।

उपभोक्ता समितिको सामान्य विवादको विषयमा आएका लामिछानेले आफ्नो जे.सी.बि. ट्याक्टर प्रयोग गर्न पाउनुपर्छ भन्दै बिगत देखि नै गुण्डाशैलिमा ज्यान मार्ने धम्की दिएको भट्टको भनाइ छ । लामिछानेले भट्टलाई फोनमा धम्की दिने क्रममा भीमसेन थापा गाउँपालिकाका अध्यक्ष इश्वर पाण्डेलाई पनि आक्रमण गर्ने चेतावनी दिएको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित