थप ७ मा कोरोना संक्रमण, आजै मात्र ७५ जना नयाँ संक्रमित

Corona_Test_2

 

भैरहवा । शनिबार साँझ नेपालमा थप ७ जना कोरोना संक्रमित थपिएका छन्।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा ७ जना संक्रमित थपिएका हुन्। प्रयोगशालाका अनुसार रुपन्देहीमा ३, कपिलवस्तुमा ३ जना र गुल्मी मदानेका १ जनामा कोरोना पुष्टी भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ५ सय ९१ पुगेको छ।

आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । यसअघि नेपालमा शनिबार मात्र ९ जना अस्पतालबाट डिस्चार्ज भएसँगै ७९ जना  निको भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित