दैलेखमा बस दुर्घटना हुँदा १० जनाको मृत्‍यु

काठमाडौं । कालिकाटेबाट महेन्द्रनगरका लागि छुटेको बस दैलेखको राकम कर्णालीमा दुर्घटना हुँदा १० जनाको घटनास्थल मै मृत्‍यु भएको छ ।

ना ४ ख २९९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । बस करिब ३ सय मिटर तल खसेको दैलेखका प्रहरी निरीक्षक एकेन्द्र खड्काले जानकारी दिए ।

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेहरुको दैलेखमै उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लैजान हेलिकोप्टर मगाइएको खड्काले बताए ।

क्षतिको थप विवरण आउन बाँकी रहेको छ । ।

प्रतिक्रिया

सम्बन्धित