सुष्मा कोइराला मेमोरियल हस्पिटलमा एक युवतीको मृत्यु, पीसीआर परिक्षणका लागि स्वाब संकलन

susma

 

काठमाडौं । सुष्मा कोइराला मेमोरियल कलेजमा एक युवतीको मृत्यु भएको छ । ती युवतीको पिसीआर परीक्षणको लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको जनाइएको छ ।

वैशाख १२ गते कञ्चनपुरबाट साँखु आफन्तकामा आएकी २० वर्षीय युवतीको मृत्यु भएपछि स्वाब परीक्षणको लागि पठाइएको शङ्खरापुर नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चापागाईंले बताए ।

कञ्चनपुरबाट आएको दिनदेखि १० दिनसम्म उनलाई इन्द्रेणीको स्वास्थ्य केन्द्रको क्वारेन्टिनमा राखिएको थियो । उनको आरडिटी रिपोर्ट पनि नेगेटिभ आएपछि उनी आफन्तको घरमा गएकी थिइन् ।

क्षयरोगको समेत बिरामी रहेकी उनको स्वास्थ्य असामान्य हुँदै गएपछि साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल कलेजमा लगिएको थियो । सोमबार बिहान उनको अस्पतालमै मृत्यु भएको चापागाईंले बताए ।

प्रतिक्रिया

सम्बन्धित