नेपालमा कोरोना जित्ने १ सय ७४ पुगे

Mynews_1

 

वीरगञ्ज । पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त हुँदै मंगलबार राति नै डिस्चार्ज गरिएको हो ।

गण्डक अस्पतालबाट डिस्चार्ज भएकाहरुलाई वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी र स्वास्थ्यकर्मीहरुले फूल दिएर विदाई गरेका थिए ।

यससँगै नेपालभर कोरोना संक्रमणबाट निको हुने १ सय ७४ पुगेका छन् । हालसम्म नेपालमा ७७२ जनामा कोरोना संक्रमण पुष्टी भएकामा ४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित