ज्ञानेन्द्र शाहको चिया बगानले कर छल्यो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको भनिएको झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानले १२ वर्षसम्म पनि एकीकृत सम्पत्ति कर नबुझाएको पाइएको छ । आर्थिक वर्ष ०६२र६३ देखि अहिलेसम्म बगानले नगरपालिकालाई कर नतिरेको दमक नगरपालिकाका कर शाखा प्रमुख टीका दाहालले बताए ।

 आर्थिक वर्ष ०७३र७४ सम्ममा बगानले जग्गाको ३ करोड १५ लाख ६३ हजार ६ सय ७१ रुपैयाँ ६५ पैसा कर तिर्न बाँकी देखिएको उनले जानकारी दिए ।

 अहिलेको चलनचल्तीको भाउ र बगानभित्र रहेका अन्य संरचनाको सबै कर लगाउँदा बगानले २५ करोडभन्दा बढी तिर्नुपर्ने अवस्था आउने स्रोतको भनाइ छ । कारोबार दैनिकमा समाचार छ।

प्रतिक्रिया

सम्बन्धित