नेपालमा संक्रमित संख्या ९०० नाघ्यो, एकै दिन १२९ जना संक्रमित

Corona_Test_2

 

काठमाडौं । नेपालमा बुधबार एकैदिन १ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ, पोखरा र सुर्खेतमा गरिएको परीक्षणमा एकैदिन यति धेरै संख्‍यामा संक्रमित भेटिएका हुन् ।

यसअघि मन्त्रालयले मध्यान्ह ११४ जनाको पुष्टी गरेको थियो । अहिले थप १५ जनामा संक्रमण देखिएको जनाइएको छ । यससँगै नेपालमा हालसम्म जम्मा ९ सय १ जनामा कोरोना पोजेटिभ पुष्टी भएको छ  । नेपालमा बुधबारसम्म संक्रमण देखिएका ९०१ मध्ये पुरुष ८०५ र महिला ९६ रहेका छन् ।

हालसम्म नेपालमा संक्रमित मध्ये १ सय ८३ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने ४ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित