नेपालमा लगातार तेस्रो दिन सयबढी नयाँ संक्रमित

Corona_Test_2

 

काठमाडौं । नेपालमा लगातार तेस्रो दिन संक्रमितको संख्या १ सय नाघेको छ । शुक्रबारमात्र १ सय ७० जना संक्रमितको संख्या थपिएपछि नेपालमा जम्मा संक्रमितको संख्या १२१२ पुगेको हो ।

यसअघि बुधबार १ सय १४ जनालाई संक्रमण देखिएको थियो भने बिहीबार १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा छिमेकी मुलुक भारतबाट फर्किनेको संख्या दिनप्रतिदिन बढ्दै गएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ ।

हालसम्म नेपालमा २ सय ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित