‘चुल्हो नबलेका हरेक घरमा चुल्हो बाल्दै’ लायन पराजुली

adhikari
काठमाडौं । लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक ३२५ बि वनका लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरका संस्थापक अध्यक्ष लायन सन्दिप पराजुलीले लकडाउनका कारण कुनै पनि नागरिकले भोकै बस्न नपरोस् भन्दै अभियान नै चलाएका छन् । लकडाउन सुरु भएदेखि नै उनले सुरु गरेको ‘कसैको चुलो ननिभोस् र भोलि निभ्न लागेको चुलोलाई निभ्न नदिने’ अभियान निरन्तर रुपमा चलिरहेको छ ।

हालसम्म २५ सयभन्दा धेरै परिवारलाई खाद्यान्न उपलब्ध गराउँदै आएको उक्त अभियानमा ३ सय ५० भन्दा बढी सुत्केरीलाई उद्धार गरी दुध,लिटो र सुत्केरीलाई पौष्टिक आहार वितरण गरिएको अध्यक्ष पराजुलीले जनाए ।

त्यस्तै ८०० भन्दा बढी घर परिवारमा जस्को घरमा ग्याँस सकिएर चुलो निभेको अवस्था भएकाका लागि ग्याँस किन्नको लागि रकम उपलब्ध गराएको, पशुपति क्षेत्रमा गास, बास नपाएर फुटपाथमा बस्दै आएका ७० जनाभन्दा बढी व्यक्तिहरुलाई खान,पिउन र बस्नको लागि लकडाउन अवधिभरलाई व्यवस्था गरिएको पनि पराजुलीले बताए ।

कोभिड १९ को संक्रमण न्युनिकरण गर्नको लागि सरकारले गरेको लकडाउनमा दैनिक ज्याला मजदुरी गरेर आफ्नो दैनिक चलाउँदै आएका निम्न वर्गीय व्यक्तित्वहरुको समस्यालाई मध्यनजर गर्दै लायन्स क्लब अफ काठमाडौँ गुल्मोहरको संयोजन र एभिन्युज टेलिभिजनको सहकार्यमा राहात वितरण कार्यक्रम शुरु गरिएको लायन्स क्लब अफ काठमाडौँ गुल्मोहर संस्थापक अध्यक्ष डिस्टीक ३२५ बि वन क्लस्टर चिफ लायन पराजुलीले बताए । साथै उनले यो महानकार्यमा सहयोग गर्ने एभिन्युज टेलिभिजनलाई धेरै धन्यबाद समेत दिएका छन् ।

कोभिड १९ ले विश्व नै आतंकित भैरहेको समयमा हाम्रो देश नेपाल पनि अछुतो नरहेको बताउँदै चिफ लायन उनले यो विषम परिस्थितीमा दैनिक मजदुरी गरेर जीवीको पार्जन गर्दै आएका व्यक्तिहरुको दैनिक चुल्लो बाल्न नसक्ने अवस्था आएपछि सामाजिक क्षेत्रमा अंग्रपंतिमा रहेको लायन्स क्लबले यसलाई केही समय भएपनि सहजिकरण होस भन्ने उद्देश्यले लकडाउन सुरु भएदेखि अहिलेसम्म पनि राहात वितरण कार्यक्रमलाई निरन्तरता दिएको जनाए ।

उनका अनुसार क्लबले काठमाडौँ उपत्यकाको विभित्र ठाउँमा पुगेर बालबच्चा, वृद्ध बृद्धा, सुत्केरी महिला साथै बिरामी भएका व्यक्तिहरुको घरदैलोमै पुगेर २००० बढि घरपरिवारलाई र विभित्र हस्पिटलमा पुगेर सुत्केरी महिला र बच्चाको लागि पौष्टिक आहार दिँदै आएको छ ।

प्रेस युनियनका पत्रकार साथीहरुलाई पनि हामी सहयोग गरेको र केही दिन अगाडि एभिन्युज टेलिभिजनमार्फत निकै दुखदः र मार्मिक अवस्थामा रहेका दम्पतीको खबर सुनेपछि उनीहरूलाई पनि क्लबबाट सहयोग गरेको बताए । केहि समय अगाडिको घट्ना स्मरण गर्दै आर्थिक अभावका कारण खान बस्न समस्या भएपछि आफ्नो ३ महिनाको दुधे बच्चालाई पाल्न नसकेर छिमेकीहरुलाई लकडाउनका कारण काम बन्द भएपछि हामी हाम्रो बच्चालाई पाल्न सक्दैनौं, कोही किन्न चाहानु हुन्छ भने हामी हाम्रो बच्चा बेचौं भन्दै भौतारिएका हिँडिरहेका दम्पतीलाई बासस्थानमा पुगेर खाना पकाउने ग्याँस, खानेकुरा किन्नको लागि नगद सात हजार र बच्चालाई उपचारको लागि नगद चार हजार गरी जम्मा एघार हजार नगद सहयोग गरेको पराजुलीले बताए ।

उनले राहात वितरण कार्यक्रममा आ–आफ्नो ठाउँबाट सहयोग गर्ने सहयोगी मन, हातहरुलाई पनि हृदयदेखि नै धन्यबाद दिदै यो सामाजिक कार्ययमा एक्कैले सहयोग गरेर पुग्दैन धेरै सहयोगी हातहरु नै हातेमालो गरेर अगाडि बढ्न सकियो भने यहाँ धेरैको चुल्लो बाल्न सकिनेमा जोड दिए ।

पराजुलीले आउने दिनहरुमा पनि सहयोग अपेक्षा गर्दै हालसम्म राहात वितरण कार्यक्रममा सहयोग गरेका सबै सबै सहयोगी हात, मनहरुलाई हार्दिक नमन गर्दै यस अभियानमा एभिन्युज टेलिभिजनको बिशेष सहयोग रहेको समेत बताए ।

प्रतिक्रिया

सम्बन्धित