दैलेखमा क्वारेन्टिनमा बस्दै आएका एक व्यक्तिको मृत्यु, स्वाब परिक्षण गरिँदै

Dailekh

दैलेख । दैलेखको दुल्लु नगरपालिकामा रहेको क्वारेन्टिनमा बस्दै आएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ । 

भारतबाट आएर क्वारेन्टिनमा बस्दै आएका उनको शनिबार बिहान दुल्लुस्थित विद्युत अफिसमा निर्माण गरिएको क्वारेन्टिनमा मृत्यु भएकाे दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

उनको स्वाब संकलन गरी परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको छ । शनिबार साँँझसम्म उनकाे रिपाेर्ट आउने डा. तिवारीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित