मुख्यमन्त्री राहतकोषमा गुरुङ (तमू) समाज मकाउद्धारा १ लाख सहयोग

Gurung Tamu Samaj
पोखरा ।
स्थापनाकालदेखि नै सामाजिक काममा सक्रिय रहदै आएको गुरुङ (तमू) समाज मकाउले गण्डकी प्रदेश सरकारले स्थापना गरेको मुख्यमन्त्री राहतकोषमा १ लाख १ सय ५ रुपैंयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

भौगोलिक हिसाबमा टाढा भएता पनि देश र मातृभुमिसँगको भाबनात्मक सम्बन्धको सबालमा सधै नेपालमा रहने भन्दै समाजका अध्यक्ष रामेन्द्रकुमार गुरुङको नेतृत्वमा समाजका पदाधिकारी र अन्य सदस्यहरुको उपस्थितीमा एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको हो । रकम हस्तान्तर गर्दै अध्यक्ष रामेन्द्रकुमार गुरुङले आफूहरु विदेशमा भएता पनि देशलाई संकट पर्दा सक्दो सहयोग गर्न सधैं तत्पर रहेको बताए ।

Gurung Tamu Samaj 1

रकम ग्रहण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला देश दुःख र समस्यमा रहेको भन्दै दुःखको बेला सहयोगका लागि आफ्नो सधैं सहनुभूति रहने बताए । मुख्यमन्त्री गुरुङले सुखको बेला भेट्न आउनेहरु भन्दा दुःखको बेला भेट्नहरुको बढी सम्झना रहने समेत बताए । विदेशमा रहेर पनि देशलाई संकट पर्दा सक्दो सहयोग गरोकोमा गुरुङ ९तमू० समाज मकाउका प्रतिनिधिहरुलाई बिशेष धन्यबाद दिदै मुख्यमन्त्री गुरुङले आभार पत्र समेत प्रदान गरेको छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित