लायन्स अफिसरहरुको स्कुलिङ कार्यक्रम सम्पन्न, एक सय कार्यक्रम सफल बनाइने

काठमाडौं : सामाजीक सेवामा सक्रिय विश्वकै सबभन्दा ठूलो संस्था लायन्स क्लवस अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ । तीन दिन सम्म चलेको लायन्स क्याविनेट अफिसरहरुको स्कुलिङ कार्यक्रममा डिष्ट्रिकटका विभिन्न उच्च ओहोदामा रहेका २ सय ५० क्याविनेट अफिसरहरु सहभागी भएका थिए। कार्यक्रममार्फत अफिसरहरुको समाज सेवामा नागरिकको दायित्व, समाजसेवाका कार्य र क्षमता अभिबृद्धी लगायतका विबिध क्षेत्रका वारेमा लायन्स अन्तराष्ट्रियका डाइरेक्टर संजय खेतान, ट्रेनर रमण नेपाली (भट्टराई), किनोट स्पिकरका रुपमा निम्ताएका साझा पार्टीका संयोजक रबिन्द्र मिश्र लगायतले धारणा राखेको पब्लिक रिलेसन अफिसर (पिआरओ) विनय खकुरालले जानकारी दिए । कार्यक्रममा  डिष्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटी, इलेक्ट गभर्नर धनराज आचार्य, पिएमसिसी दिपक श्रेष्ठ, प्रेमबहादुर श्रेष्ठ, राजन लम्साल, आइपिडीजी धुर्व थापा, पिडिजी यागेन्द्र प्रधान, गिरिधारी शर्मा, प्रथम र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर क्रमश इलेक्ट अशोक कुमार श्रेष्ठ र इन्दु लम्साल, डेजिक्नेटेड क्याविनेट सेक्रेटरी चण्डीप्रसाद अर्याल र चिफ एडभाइजर मनबहादुर रोका लगाायतको सहभाथिता रहेको थियो । लायन्स क्लब अन्तर्राष्ट्रिय स्थापनाको १०० वर्ष पुगेको अवसरमा डिष्ट्रक गभर्नर बुर्लाकोटी, डिष्ट्रिक्ट गभर्नर इलेक्ट आचार्यल, पिएमसिसी लम्साललगायतले डिष्ट्रिक्टले अगाडि सारेका १०० वटा महत्वपूर्ण कार्यक्रमहरु सफल कसरी बनाउन सकिन्छ भन्ने विषयमा जोड दिएका थिए । गभर्नर आचार्यले १०० कार्यक्रममध्ये यस बर्षको बिषेश कार्यक्रम ‘पढाउँ अभियान’लाई सफल पार्न सबै क्याबिनेट अफिसरहरु लाई आग्रह समेत गरे । ‘पढाउँ अभियान’ मार्फत लायन्सको मातहतबाट ठूलो संख्यामा गरिब तथा जेहन्दार छात्र, छात्राहरुलाई छात्रबृत्ती प्रदान गर्ने उनले स्पष्ट पारे। ‘पढाउँ अभियान’को अक्षयकोष स्थापना गर्नका लागि आचार्यले आप्mनो हजुरबुवा र अल्पआयुमा मृत्यु भएका जेठान चन्द्र प्रसाद पौडेलको स्मृतीमा ५/५ लाखका २ वटा छात्रबृत्ती अक्षकोषको घोषणा गरेको पनि पिआरओ खकुरालले बताए ।

प्रतिक्रिया

सम्बन्धित