एकैदिनमा २३९ मा संक्रमण देखियो, विश्वकै ९४ औं स्थानमा नेपाल

Corona_Test_2

 

काठमाडौं । नेपालमा सोमबारमात्रै २ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार दिउँसो विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्दै आएको कोरोना अपडेटमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका थिए ।

त्यसपछि साँझ पुनः स्वास्थ्य मन्त्रालयले थप १३ जनामा कोरोना पुष्टीगरेसँगै एकै दिनमा २ सय ३९ जनामा संक्रमण देखिएको हो । एकै दिनमा देखिएको संक्रमितको यो संख्या अहिलेम्मकै सबैभन्दा धेरै रहेको छ ।

यससँगै हालसम्म संक्रमितको संख्या १८११ जना पुगेका छन् । पछिल्लो एक सातामा नेपालमा अत्याधिक मात्रामा संक्रमित देखिन थालेको छ । एक सातामा १ हजार भन्दा बढी संक्रमित देखिइसकेको छ ।

हालसम्म संक्रमितमध्ये जम्मा २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ जनाको कोरोनाबाट मृत्यु भएको छ।

अहिलेसम्म नेपाल कोरोना संक्रमितको सूचीमा कीर्गीस्थानभन्दा तल रहँदै ९४ औं स्थानमा पुगेको छ । भने सार्क सदस्य राष्ट्रमा पाचाैं स्थानमा पुगेको छ । नेपाल भन्दा अगाडी भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित