कोरोना भाइरसबाट भारतीय ज्योतिषी दारुवालाको मृत्यु

Daruwala-ko-death

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चर्चित भारतीय ज्योतिषी बेजन दारुवालाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहमदाबादको एक अस्पतालमा उपचारारत ९० वर्षीय दारुवालाको शुक्रबार मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सारा विश्वभर भविष्यवाणीको विषयलाई लिएर चर्चित बनेका दारूवाललाई सोधेर मात्र बलिउडका कतिपय कलाकारहरुले फिल्म रिलिज गर्ने गरेको बताइन्थ्यो ।

दारूवालको जन्म सन् १९३१ को जुलाई ११ मा भएको थियो । दारुवाला तिनै व्यक्ति हुन् जसले सन् २०१४ मा नरेन्द्र मोदीले नै लोकसभा चुनाव जीतेर प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित