दैनिक संक्रमणमा ब्राजिलले अमेरिकालाई उछिन्यो

brazil_1

काठमाडौं । विश्वमा ६८ लाख भन्दा बढी संक्रमित र करिब ४ लाख बढीले ज्यान गुमाइसक्दा हालसम्म १९ लाख बढी संक्रमित देखिएको अमेरिकालाई ब्राजिलले पछ्याउँदै गएको छ । ब्राजिलमा पछिल्ला दिनमा संक्रमितको संख्या तीब्र रुपमा बढ्दै गएको छ । यसै क्रममा दैनिक वृद्धि हुने कोरोना संक्रमणमा अमेरिकालाई ब्राजिलले उछिनेको छ ।

पछिल्लो २४ घन्टामा ब्राजिलमा ३० हजार १ सय ३६ जनामा संक्रमण देखिएको छ भने अमेरिकामा २५ हजार ३ सय ९३ जनामा संक्रमण देखिएको छ । त्यस्तै अमेरिकामा पछिल्लो २४ घन्टामा ९ सय ७५ जनाको मृत्यु भएको भने ब्राजिलमा १ हजार ८ जनाको मृत्यु भएको छ ।

यससँगै ब्राजिलमा हालसम्म ६ लाख ४६ हजार ६ जना संक्रमित पुगेका छन् भने हालसम्म ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै अमेरिकामा भने १९ लाख ६५ हजार ७ सय ८ जना संक्रमित पुगेका छन् भने १ लाख ११ हजार ३ सय ९० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित