स्याङ्जाका थप १० मा कोरोना संक्रमण, गण्डकी प्रदेशमा ७५ पुगे संक्रमित

syangja

पोखरा । स्याङ्जामा एकैदिन थप १० मा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङ्जाको वालिङ नगरपालिकामा १६ देखि ५४ वर्षसम्मका ८ जना पुरुष र हरिनास नगरपालिकामा १८ र ४० वर्षका दुई जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

पोखराका निर्देशक डा. शर्माका अनुसार कास्की र पूर्वी नवलपरासीमा ३–३ जना तथा बागलुङमा १ जनामा कोरोना संक्रमण देखिएको छ । 

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित