जुलाई अन्तिमसम्म दिल्लीमा मात्रै साढे ५ लाख कोरोना संक्रमित पुग्ने

Manis

दिल्ली । भारतमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको छ । भारतको केन्द्रीय राजधानीमा आगामी जुलाई अन्तिम सम्ममा साढे ५ लाख कोरोना संक्रमित पुग्ने बताइएको छ ।

नयाँदिल्लीका उपमुख्य मन्त्री मनिष सिसोदियाले कोरोना आपत्ति प्रबन्ध प्राधिकरणको बैठकपछि उक्त कुरा बताएका हुन् ।

उनले जुलाई अन्तिमसम्ममा दिल्लीमा ८० हजार भन्दा बढी अस्पताल शैयाको आवश्यक रहने बताएका छन् । 

त्यस्तै १५ जुन सम्म ४४ हजार सक्रमित पुग्ने सम्भावना रहेको छ भने १५ जुलाइसम्ममा २.२५ कोरोना संक्रमित हुने भएकाले ३३ हजार बेड आवश्यकता हुने र जुलाई अन्तिमसम्ममा ५.५ लाख संक्रमितका लागि ८० हजार बेड आवश्यकता पर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित